काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह विजयी भएका छन्। मतगणनाको अन्तिममा परिणाम उल्ट्याएर सिंह विजयी भएका हुन्।
सुरूमा तेस्रो स्थानमा रहेका सिंहले अन्तिम परिणाम २७ हजार ८१६ मत पाए भने पहिलेदेखि अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्यायले २५ हजार ४३४ मत पाइन्।
एमालेको चुनाव चिन्हबाट लडेका कमल थापाले २५ हजार ४२० मत पाएका छन्।
सिंह गत स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार बनेका थिए।