काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रभु साह विजयी भएका छन्। अन्तिम समयमा एमालेको टिकट परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका साह कल चुनाव चिह्न लिएर चुनावी मैदानमा थिए।
उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवाललाई करिब ७ हजार मतले पराजित गरेका हुन्।
एमाले छाडेपछि कांग्रेस र माओवादीको साथ लिएका साहले विजयी हुने क्रममा ३२ हजार ४३७ मतसहित विजयी भएका हुन्।
उनका निकटम प्रतिस्पर्धी माछा चुनाव चिह्नका अग्रवाल २५ हजार २०० मतमा समेटिए। त्यस्तै नेकपा (माओवादी केन्द्र) का रवीन्द्र पटेलले ८ हजार ५५८ मत ल्याएका छन्।
एमाले छाडेर स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो।