Logo

आइतवार, आश्विन २५ गते २०८३

images

तनहुँ–१ मा रामचन्द्र पौडेल विजयी

तनहुँ–१ मा रामचन्द्र पौडेल विजयी

दैनिकी न्यूज

८, मंसिर २०७९
तनहुँ–१ मा रामचन्द्र पौडेल विजयी
images

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्। उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

पौडेलले २५ हजार ३१८ मत ल्‍याएर निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए ।

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।

पौडेल २०७४ को चुनावमा यही क्षेत्रबाट पराजित भएका थिए।

images
प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - १०:२३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology