ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्की ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।
नेकपा (एमाले) का अमृत खड्का र नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाललाई फराकिलो मत अन्तरले हराउँदै ३३ वर्षिया कार्की विजयी भएकी हुन्। यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ५ वटा क्षेत्रमा जित निकालेको छ।
बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अमृत खड्काले १२ हजार ९६३ मत पाए। माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन्।
यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन्।