काठमाडौं । जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी भएका छन् ।
कुल ६५ हजार ६६१ मतमध्ये बस्नेतको पक्षमा ३४ हजार १५१ आएको छ । उनले नेकपा (एमाले) का निरज आचार्यलाई ९ हजार ३१ मतले पराजित गरेका हुन् ।
एमाले नेता आचार्यले २५ हजार १२० मत प्राप्त गरेका छन् । बस्नेत योसँगै तीन पटक संसदीय निर्वाचनमा विजयी भएको छ । संविधान सभाको दोस्रो निर्वाचन २०७०, २०७४ सालमा भएको निर्वाचनमा बस्नेत निर्वाचित भएका थिए ।