Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी
images

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल १४ हजार २०४ मत ल्याई विजयी भएका छन् । उनी एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई पराजित गर्दै विजयी भएका हुन् ।

पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ४ वटा क्षेत्रमा जित हात पारेको छ । यसअघि काठमाडौं–२ मा सोबिता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ विजयी भइसकेका छन् ।

काठमाडौं–६ मा २०७०, २०७४ सालमा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका थिए । यो क्षेत्रमा ३८ हजार ३ सय ८० मत खसेको थियो ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - १५:३६:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology