गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेकी हुन् ।
निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एकिकृत समाजवादीकी उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन् । बिष्ट लगातार तेस्रो पटक सांसद भएका छन् ।