काठमाडौं । ओखलढुंगामा प्रदेशसभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा प्रदेश (क) मा कांग्रेसका उम्मेदवार प्रदीपकुमार सुनुवार र प्रदेश (ख) मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका हुन् ।
कांग्रेसका सुनुवारले एमालेका उम्मेदवार अम्बिकाबाबु गुरुङ र माओवादी केन्द्रका गौतमले एमालेकै उम्मेदवार ज्ञानबहादुर खड्कालाई पराजित गरे । कांग्रेसका सुनुवारले १४ हजार ९१६ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी एमालेका गुरुङले १४ हजार ५५६ मत पाए ।
यस्तै माओवादी केन्द्रका गौतमले १५ हजार ७३८ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी एमालेका खड्काले १४ हजार ६४० मत ल्याए ।