Logo

शनिवार, आश्विन २४ गते २०८३

images

रोल्पा प्रदेशसभा (क) मा माओवादी केन्द्रका महरा विजयी

रोल्पा प्रदेशसभा (क) मा माओवादी केन्द्रका महरा विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
रोल्पा प्रदेशसभा (क) मा माओवादी केन्द्रका महरा विजयी
images

रोल्पा । रोल्पाको प्रदेशसभा ‘क’मा सत्ता गठबन्धनबाट जोखबहादुर महरा विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य समेत रहेका महरा १९ हजार ४२५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का कमलबहादुर बुढाथोकीले ५ हजार ४ सय ५ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पदम बहादुर थापाले २ हजार ५७ मत प्राप्त गरेका छन् ।

लामो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय रहेका महरा पहिलोपटक चुनावी प्रतिष्पर्धामा उभिएका हुन् ।

उनी रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं. ५ काभ्रामा जन्मिएको हो । स्थायी शिक्षक छोडेर जनयुद्धमा लाग्नुभएका लामो समय देश परिवर्तनमा लागेका थिए ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - १३:०१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology