Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मतान्तर घटाउँदै एमाले सचिव योगेश भट्टराई

मतान्तर घटाउँदै एमाले सचिव योगेश भट्टराई

दैनिकी न्यूज

७, मंसिर २०७९
मतान्तर घटाउँदै एमाले सचिव योगेश भट्टराई
images

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा मत गणना अन्त्यतिर आउँदा प्रतिस्पर्धा रोचक बन्न पुगेको छ। यहाँ नेकपा एमालेका सचिव योगेश भट्टराई र सत्तागठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढा क्षेत्रीबीच तीब्र प्रतिस्पर्धा भैरहेको छ ।

मतगणनाको शुरुवातदेखि नै माओवादी केन्द्रका उम्मेदवार बुढा क्षेत्रीले अग्रता लिइरहेका छन्।

पछिल्लो नतिजाअनुसार माओवादी केन्द्रकमा उम्मेदवार बुढा क्षेत्रीले १८ हजार ९१२ मत ल्याएर अग्रता लिइरहेका छन्। एमाले सचिव भट्टराईले १८ हजार ५ सय ८४ मत ल्याएका छन्। शुरुदेखी पछि परेका भट्टराइले मतान्तर घटाएर ३२८ मा झारेका छन्।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार चन्द्र मादेन ४४९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राम बहादुर कार्की ३०६ मत प्राप्त गरेका छन् ।

 

 

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - १२:३२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology