सिन्धुली । सिन्धुलीको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र) का गंगानारायण श्रेष्ठको विजयी भएका छन्। श्रेष्ठले १३ हजार १ मत पाउँदा नेकपा (एमाले) का रामकुमार पौडेलले ९ हजार ७८९ मत प्राप्त गरेका छन्।
श्रेष्ठका प्रतिस्पर्धी पौडेल दुई महिनाअघि मात्र माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए।
बाबुराम भट्टराईको समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका श्रेष्ठ माओवादीको चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचनमा भाग लिएका थिए।
त्यस्तै प्रदेश सभा २ (क) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन १६ हजार ८३५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विनोद कुमार खड्काको मत ११ हजार ६३३ छ ।