वीरगन्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले नेकपा (एमाले) का जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।
रिजालले ३१ हजार १ सय ४२ मत ल्याएका छन् भने मियाँले २५ हजार ६ सय १९ मत ल्याएका छन् ।
जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका मियाँ गत मंसिरमा नेकपा (माओवादी केन्द्र) बाट एमाले प्रवेश गरेका हुन् ।