Logo

शनिवार, आश्विन २४ गते २०८३

images

गुल्मीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु

दैनिकी न्यूज

७, मंसिर २०७९
गुल्मीमा जिप दुर्घटना हुँदा ४ को मृत्यु
images

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप गएराति कुढडाँडा भन्ने स्थानमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमासत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामो, सत्यवती–३ का ३३ वर्षका कार्बाव्लिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको जनाइएको छ । दुर्घटना भएको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्ससहित प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०८:०४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology