Logo

शनिवार, आश्विन २४ गते २०८३

images

भक्तपुर–२ मा दुर्लभ थापालाई पच्छयाउँदै महेश बस्नेत

भक्तपुर–२ मा दुर्लभ थापालाई पच्छयाउँदै महेश बस्नेत

दैनिकी न्यूज

७, मंसिर २०७९
भक्तपुर–२ मा दुर्लभ थापालाई पच्छयाउँदै महेश बस्नेत
images

भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । नेकपा (एमाले) का उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको भक्तपुर–२ मा मङ्गलबार राति ९ बजेसम्मको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ८ सय ३८ मतले पछाडि पार्दै अग्रता कायम राखेका छन् ।

भक्तपुर–२ मा ४८ हजार एक सय ६० मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १८ हजार दुई सय ६१ मतले अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार बस्नेतले १७ हजार चार सय २३ मतले पछ्याइरहेका छन् ।

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले चार हजार चार सय ६८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार ९१, राष्ट्रियता प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार आठ सय ४६ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए । झण्डै एक हजार मतले पछि परे

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०५:४५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology