Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पेस्तोल र गोली लगायतका सामान सहित दुई जना पक्राउ

पेस्तोल र गोली लगायतका सामान सहित दुई जना पक्राउ

दैनिकी न्यूज

६, मंसिर २०७९
पेस्तोल र गोली लगायतका सामान सहित दुई जना पक्राउ
images

कपिलवस्तु । मायादेवी गाउँपालिका वडा नं. ६ रजवापुर बस्ने ३४ वर्षीय जुल्फकार मुसलमान र उनकै भाई २२ वर्षीय नदिम मुसलमानलाई मेड इन युएएस लेखिएको पेस्तोल १ थान, सोको म्यागजिन १ थान, गोली ६ राउण्ड, नगद १ लाख ४६ हजार रुपैयाँ, ३ हजार ६ सय भारतीय रुपैयाँ, तौल गर्ने डिजिटल मेशिन १ थान, स्मार्टफोन १२ थान र ब्राउनसुगर जस्तो धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरूले आफ्नै घरको कोठाभित्र लुकाई राखेको उक्त हतियार लगायतका सामान सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - १७:०७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology