जुम्ला । जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही आफ्नो निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर मतले अग्रस्थानमा रहेका छन् । १३ हजार ६५ मतगणना हुँदा शाहीले ६ हजार ६६९ मत पाएका छन् ।
उनको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की उम्मेदवार गोमा गौतमले २ हजार ८९० मत पाएकी छिन् । यस्तै एमाले उम्मेदवारले १ हजार ७९५ मत पाएका छन् ।