Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित

काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित

दैनिकी न्यूज

६, मंसिर २०७९
काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित
images

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन्।

मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।

सिंहले ७ हजार १४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यसै क्षेत्रमा सिंह र मिश्रबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला ८१८ मतान्तरले सिंहले जितेका थिए । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - ०९:०३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology