ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेको अग्रता कायमै रहँदा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल दोस्रो स्थानमा आएकी छिन् ।
पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । अहिलेसम्म २४ सय १६ मतको गणना सकिँदा एमालेका अमृत खड्काले ७८४ मत ल्याएका छन् भने भुसालको ६९४ मत पुगेको छ । राष्ट्रि स्वतन्त्र पार्टीकी तोसिमाको ६७३ मत छ ।