Logo

शनिवार, आश्विन २४ गते २०८३

images

रवि लामिछानेले भने- अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौं

रवि लामिछानेले भने- अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौं

दैनिकी न्यूज

४, मंसिर २०७९
रवि लामिछानेले भने- अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौं
images

काठमाडौं । मतदान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने।मतदान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउने बताएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार मतदान सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले देशभर नयाँ तरंग पैदा गरेको बताए।

ुदेशभरको रिपोर्टिङले उत्साहित छु,ु उनले भने, ुसबै मतदाताले विश्वास गरेका छौं है भन्नुभएको छ।ु

देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने दाबी गर्दै उनले भने, ुहामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौं, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ।ु

पहिलोपटक मतपत्रमा घन्टी चुनाव चिह्न देख्दा गर्व महसुस भएको सभापति लामिछानेले बताए। ुएकछिन मतपत्र हेरेर बसेँ,ु उनले भने, ुठूलो जिम्मेवारीबोध महसुस भएको छ।ु

देशैभरि देखिएको उत्साह र जिम्मेवारी वहन गर्न पार्टी तयार रहेको पनि उनले उल्लेख गरे। आफूहरू बलियो र दरिलो अभियानका साथ आएको भन्दै उनले पार्टी सरकारमा जान तयार भए पनि हतार भने नगर्ने बताए।

नागरिकता विषयमा निर्वाचन आयोगले सोधेको प्रश्नको विषयमा जवाफ दिन तयारी अवस्थामा रहेको पनि लामिछानेले बताएका छन्। आयोगले तोकेको समय अवधिमा आफूले जवाफ दिने उनको भनाइ छ।

images
प्रकाशित मिति :मंसिर ४, २०७९ आइतवार - २२:२५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology