Logo

शनिवार, आश्विन २४ गते २०८३

images

समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

दैनिकी न्यूज

२, मंसिर २०७९
समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने
images

काठमाडौं । निर्वाचन आयोगले यही मङ्‍सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधि सभा तथा प्रदेश सभातर्फका उम्मेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उम्मेदवारहरूलाई आयोगको वेबसाइटमा रहेको प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतकोे जिल्लाको खण्ड हेरी आफ्नो जिल्ला अन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी तोकिएको ढाँचामा परिचयपत्र उपलब्ध गराउन आयोगले सबै प्रदेश र जिलला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

images
प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - १४:५८:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology