ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापस्थित सडकमा बा. ४ ख ९००८ नम्बरको निशाना गाडी अनियन्त्रित भई गएराति दुर्घटना हुँदा गाडी चालक धादिङ गल्छी घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय सन्तोष तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनाको नेपाल मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।