Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

दैनिकी न्यूज

१, मंसिर २०७९
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
images

काठमाडौं । पर्वत, नवलपरासी (पूर्व) र रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यू भएको छ ।

पर्वत, जलजला गाउँपालिका-३ भुर्तुला गैराकोपाखामा ग.१ ज ५२९६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-२ माझफाटँ बस्ने ३७ वर्षीय डम्बर बहादुर दमैको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य १४ जनामध्ये ३ जनाको जिल्ला अस्पताल म्याग्दी र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भरहेको छ भने ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

नवलपरासी(पूर्व), हुप्सेकोट गाउँपालिका-३ गिरुबारी बजारस्थित सडकमा प्रदेश ०२-०३-००१ त ६५५ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने अर्जुन कुमालको छोरा १० वर्षीयि पिउस कुमालको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, देवदह नगरपालिका-१० चरङगे जंगलमा लु.७१ प ५७१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाईडरमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा चालक पाल्पा घर भएको २५ वर्षीय बिबेक कोईरालाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेक छ ।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - १३:०३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology