Logo

आइतवार, आश्विन २५ गते २०८३

images

होटेलको खान खर्चको बिल उपलब्ध गराउन निर्देशन

होटेलको खान खर्चको बिल उपलब्ध गराउन निर्देशन

दैनिकी न्यूज

१, मंसिर २०७९
होटेलको खान खर्चको बिल उपलब्ध गराउन निर्देशन
images

काठमाडौं । निर्वाचन आयोगले होटल रोयल सेन्चुरी, चितवन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति, चितवनका अध्यक्षलाई पत्र पठाइ यही कात्तिक २९ गतेको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध निर्देशन दिएको छ । आयोगले सो पार्टीका जिल्ला अध्यक्षलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पनि भनेको छ ।

सो पार्टीका चितवन अध्यक्षले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरी उक्त दिन “बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शन पछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ” भन्ने व्यहोरा उल्लेख गरिएको सामग्री आयोगमा प्राप्त भएको विषयमा आयोगले पत्र पठाएको हो ।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - १०:५५:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology