Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आज मध्यरातिदेखि स्थिर समय सुरु

आज मध्यरातिदेखि स्थिर समय सुरु

दैनिकी न्यूज

१, मंसिर २०७९
आज मध्यरातिदेखि स्थिर समय सुरु
images

काठमाडौं । मंसिर ४ गते निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । आयोगका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो ।

यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।

यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - ०७:४७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology