Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बाम–लोकतान्त्रिक गठबन्धनको गोलबजारमा शक्ति वृहत प्रदर्शन

बाम–लोकतान्त्रिक गठबन्धनको गोलबजारमा शक्ति वृहत प्रदर्शन

दैनिकी न्यूज

१, मंसिर २०७९
बाम–लोकतान्त्रिक गठबन्धनको गोलबजारमा शक्ति वृहत प्रदर्शन
images

सिरहा । बाम–लोकतान्त्रिक गठबन्धनले आजका गोलबजारमा वृहत प्रर्दशन गरेका छन्। स्थानीय व्यवसायी, बुद्धिजीवी तथा वाम–लोकतान्त्रिक गठबन्धन नेता कार्यकर्ताहरुको वृहत सहभागितामा गोलबजारमा बृहत प्रदर्शन गरेको हो।
-यालीपछि गोलबजारको मुख्य चोकमा भएको सभामा सिरहा क्षेत्र नं. ३ प्रतिनिधि सभाका उम्मेदवार नेकपा (माओवादीका केन्द्र) का नेता तथा पूर्वमन्त्री विश्वनाथ साहले बाम–लोकतान्त्रिक गठवन्धनको जित सुनिश्चित भइसकेको बताए। उनले जनतको वृहत तथा उल्लासमय सहभागिताले जित सुनिश्चित भइसकेको जिकिर गरे।
उम्मेदवार साहले जिल्लाको समग्र विकास, सुशासन, शिक्षा र स्वास्थ्यलाई नयाँ ढङ्गले व्यवस्थापन गर्न र संविधानको सहि कार्यन्वयन गर्न जनताले बाम–लोकतान्त्रिक गठवन्धनलाई रोज्नेमा आफू ढुक्क रहेको बताए। उनले भनेर हैन अव सिरहाको समग्र विकासको लागि बाम–लोकतान्त्रिक उम्मेदवारहरुलाई अत्यधिक मत दिई जिताउन सम्पूर्ण व्यसायी, बुद्धिजीवि, शिक्षक तथा समाजसेविहरुसँग आग्रह गरे।
सोही क्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रदेश सासंद गत प्रसाद यादवले सवै जातजाति, भाषा–भाषी, क्षेत्र, समुदाय तथा लिङ्गको अधिकार सुनिश्चित गर्न बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताए।
सोही क्रममा नेपाली काँग्रेसका नेता चन्द्रदेव यादव, सिरहा क्षेत्र नम्वर ३ ‘क’ का उम्मेदवार रामसगुन यादवले वृहत ¥यालीमा सहभागीहरुलाई धन्यवाद दिएका थिए। उनले गठवन्धनका उम्मेवारलाई विजयी बनाउन अपिल समेत गरे।
सभामा उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले दुवै उम्मेदवारहरुलाई शुभकामना दिँदै सदर र सरकारमा पुगेपछि व्यापारीहरुले भोग्दै आएको समस्या उठाउन आग्रह गरेका थिए। उनले उद्योगी व्यसायीहरु अहिले अत्यन्त मारमा रहेकाले उनीहरुको आवाज बोल्नेको खाचो रहेको बताए।
गठवन्धनको शक्ति प्रदर्शनमा स्थानीय व्यसायहीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
सिरहा क्षेत्र नम्वर ३ बाट बाम गठवन्धनका तर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादीका तर्फबाट विश्वनाथ साह, प्रदेश ‘क’ नेपाली काग्रेसका रामसगुन यादव र प्रदेश ‘ख’ मा नेकपा (एकीकृत समाजवादी) का प्रमोद यादवले उम्मेदवारी दिएका छन्।
सिरहा सदरमुकाम, गोलबाजर नगरापालिका, नरहा, अर्नमा र विष्णुपुर गाउँ पालिकाका ४१ वडा रहेको छ। उक्त निर्वाचन क्षेत्रमा एक लाख ९ हजार २७१ मतदाता, ५३ मतदान स्थल र १२८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय जानकारी दिएको छ।

 

 



images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - ०७:२२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology