Logo

आइतवार, आश्विन २५ गते २०८३

images

भक्तपुर-१ बाट प्रतिनिधि सभाका उम्मेदवार सुनिल गोठे 'बासु' को हुन् ?

भक्तपुर-१ बाट प्रतिनिधि सभाका उम्मेदवार सुनिल गोठे 'बासु' को हुन् ?

दैनिकी न्यूज

३०, कार्तिक २०७९
भक्तपुर-१ बाट प्रतिनिधि सभाका उम्मेदवार सुनिल गोठे 'बासु' को हुन् ?
images

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का युवा नेता सुनिल गोठे 'बासु' भक्तपुर १ बाट प्रतिनिधि सभाका उम्मेदवार छन्। उनी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। 

भक्तपुर नगरपालिका वडा नम्बर १ मा बुवा मंगललाल गोठे र आमा बिजुली गोठेको कोखबाट सुनिल गोठेको जन्म भएको हो । विद्यालय उमेरदेखि नै राजनीतिमा सक्रिय उनी माओवादी केन्द्रका परिचित युवा नेता हुन्। 

२०५७ सालमा अखिल (क्रान्तिकारी) को भक्तपुर नगर सचिव हुँदै राजनीतिमा सक्रिय रहेका गोठे तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा होमिए । वर्गीय मुक्तिको समरयात्रामा सफलतापूर्वक उतीर्ण भएका युवा नेताका रूपमा उनी परिचित छन् ।

जनयुद्धको भीषण आधीबेहरीबाट नेतृत्व विकास गरेका गोठे हाल नेकपा (माओवादी केन्द्र) को भक्तपुर जिल्ला समन्वय समितिको संयोजक छन् ।

तत्कालीन राज्यसत्ताको विरोध गर्दा पटकपटक धरपकड र यातना खाएका उनले २०५८ पुसदेखि १५ महिला जेलजीवन बिताएका छन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएर जिल्लाको खेलकुद क्षेत्रको विकासलाई अघि बढाएका गोठेले प्रतिनिधि सभा सदस्य भएर जिल्लाको आवाज प्रतिनिधि सभामा लैजाने र समग्र बिकास एवं समृद्धिको नेतृत्व गर्ने सपना बोकेका
छन् ।

राजनीतिका अलावा ईताछें विनायक बचत तथा ऋण सहकारी संस्थाको सचिव एवं विभिन्न सामाजिक सस्थामा आबद्ध रही समाज सेवामा सक्रिय गोठे अर्थराजनीति एवं समाज विकासमा रुचि राख्छ्न।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - १७:१४:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology