Logo

आइतवार, आश्विन २५ गते २०८३

images

भोजपुर बम विष्फोटः एमालेले विप्लवका कार्यकर्ता प्रयोग गरी बम विष्फोट गरायो– किराँती

भोजपुर बम विष्फोटः एमालेले विप्लवका कार्यकर्ता प्रयोग गरी बम विष्फोट गरायो– किराँती

दैनिकी न्यूज

३०, कार्तिक २०७९
भोजपुर बम विष्फोटः एमालेले विप्लवका कार्यकर्ता प्रयोग गरी बम विष्फोट गरायो– किराँती
images

भोजपुर । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा भोजपुरबाट गठबन्धनका उम्मेदवार सुदन किरातीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएका छन्।

भोजपुरको तिवारी भन्ज्याङमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम राखिएको स्थानमा बम विस्फोट भएपछि किरातीले यस्तो बताएका हुन्।

‘हामीले तिवारी भन्ज्याङमा चुनावी सभा राखेका छौं। कार्यक्रम नजिक एक जना भाइले बोकेको बम विस्फोट भयो। विचरा भाइ अहिले घाइते भएपछि प्रहरीले पक्राउ गरिसक्यो,’ किरातीले भने, ‘चुनावमा हार्ने भएपछि एमालेले जहिल्यै यस्तै यस्तै घटना घटाउँछ। त्यस्ता क्रियाकलापको घोर भत्र्सना गर्दछु।’

अहिले ताप्लेजुङको चुनावी सभा सकेर प्रचण्डसहितका नेताहरु भोजपुरको तिवारी भन्ज्याङमा आउँदै छन्। गठबन्धनबाट उम्मेदवार रहेका किरातीसँग एमालेका शेरधन राई चुनावी मैदानमा उत्रिएका छन्।


प्रहरीका अनुसार दिउँसो २ः१० बजेको समयमा सपिङ ब्यागमा मोबाइलजस्तो देखिने शंकास्पद वस्तु विष्फोट भएको थियो।

विष्फोटबाट उक्त झोला बोकेका अरुण गाउँपालिका वडा नं. ४ चरम्बी बस्ने अन्दाजी ३५ वर्षका सुमन श्रेष्ठलाई खुट्टामा सामान्य चोट लागेको र उनलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।

दायाँ खुट्टामा सामान्य चोट लागेका श्रेष्ठलाई नजिकैको मेडिकलमा उपचार गरी थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रण लिएको हो।

 

images
प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - १७:०५:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology