Logo

आइतवार, आश्विन २५ गते २०८३

images

एमाले अध्यक्ष ओली ललितपुरको पैदलयात्रामा सहभागी

एमाले अध्यक्ष ओली ललितपुरको पैदलयात्रामा सहभागी

दैनिकी न्यूज

२९, कार्तिक २०७९
एमाले अध्यक्ष ओली ललितपुरको पैदलयात्रामा सहभागी
images

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ललितपुर–३ भैसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा सहभागी भएका छन् । चर्चित सञ्चारकर्मी भूषण दाहाल र सुरजसिंह ठकुरी लगायत युवाले आयोजना गरेको पदयात्रामा अध्यक्ष ओली सहभागी भएका हुन् ।

ललितपुर क्षेत्र नं ३ मा एमाले प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्का र प्रदेश ३ (२) प्रेमभक्त महर्जन र प्रेमभक्त महर्जन सहित नागरिक समाज र बुद्धिजीवीको पनि पदयात्रामा सहभागिता रहेको थियो । पैदलयात्रापछि ओली निर्वाचन सम्पर्क कार्यालय पुगेका थिए । त्यहाँ एमाले ललितपुरका इन्चार्ज एवं पोलिटब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य एवं सह इन्चार्ज हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय सदस्य बाबुराम थापा, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य बागमती प्रदेश सदस्य दामोदर थापा, जीवन खड्का, केशव आचार्य, प्रदेश कमिटीका सदस्य बाबुकाजी प्रधान, लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

अध्यक्ष ओलीले सो क्षेत्र प्रदेश तथा प्रतिनिधि सभाका उम्मेदवारलाई विजयको शुभकामना दिएका थिए ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - १४:११:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology