Logo

आइतवार, आश्विन २५ गते २०८३

images

एमाले रामेछापका जिल्ला नेता लामासहित १९ जना माओवादीमा प्रवेश

एमाले रामेछापका जिल्ला नेता लामासहित १९ जना माओवादीमा प्रवेश

दैनिकी न्यूज

२९, कार्तिक २०७९
एमाले रामेछापका जिल्ला नेता लामासहित १९ जना माओवादीमा प्रवेश
images

काठमाडौं । नेकपा (एमाले) रामेछाप जिल्ला कमिटी सदस्य चक्रपाणि लामाको नेतृत्वमा १९ जना एमालेका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

नेता लामासहित नवप्रवेशी एमाले नेता, कार्यकर्ताहरुलाई नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य हितमान शाक्य, माओवादी रामेछापका नेता तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, माओवादी केन्द्र सम्पर्क समन्वय समितिका सदस्य कर्णखर चौलागाईं र युवा नेता गंगालाल गोलेले स्वागत गरेका थिए ।

नवप्रवेशी लामाले एमाले राजतन्त्रको वकालत गर्नेहरुसँग घाँटी जोड्दै दक्षिणपन्थी बाटोमा लागेकाले आफूले एमाले छोड्न बाध्य भएको बताए। गणतन्त्र, संघीयता, समावेशी÷समानुपातिक जस्ता उपलब्धि र संविधानकै विरुद्धमा लागेका र राजसंस्था स्थापना, हिन्दु राष्ट्रको माग गर्नेहरुसँग मिल्नु एमालेको ठूलो भूल भएको लामाको भनाई छ।

एमालेले जनविरोधी र परिवर्तन विरोधी बाटोमा लागेको र कम्युनिष्टहरुलाई एकताबद्ध गर्दै अघि बढ्ने र जनताको वास्तविक पार्टी माओवादी केन्द्र भएकाले आफूहरु माओवादी केन्द्रमा समाहित भएको लामाले बताए।

एमाले रामेछाप जिल्ला कमिटी सदस्य लामासँगै युवा संघका केन्द्रीय सदस्य शंकर लाखे, सुनापति गाउँ कमिटी सचिव मानबहादुर ग्यापकलगायत एमाले कार्यकर्ताहरु गंगामाया लामा, धन बहादुर नेपाली, मञ्जु नेपाली, दल बहादुर नेपाली, देवी नेपाली, सानुकान्छा तामाङ, रविन मोक्तान, चीनकुमारी मोक्तान, लिलीमाया मोक्तान, निरकुमारी योञ्जन, उर्मिला वल, कविता मोक्तान, अनिशा तामाङ, मोतिलाल तामाङ, पदम नेपाली रहेका छन्।

images
प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - ०७:०९:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology