Logo

आइतवार, आश्विन २५ गते २०८३

images

चितवनको माडीलाई आईटी पार्कको रुपमा विकाश गर्नुपर्ने

चितवनको माडीलाई आईटी पार्कको रुपमा विकाश गर्नुपर्ने

दैनिकी न्यूज

२८, कार्तिक २०७९
चितवनको माडीलाई आईटी पार्कको रुपमा विकाश गर्नुपर्ने
images

चितवन । चितवन–३ मा गठबन्धनका साझा उम्मेदवर डा. भोजराज अधिकारी यतिबेला घरदैलोमा व्यस्त छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग उनलाई आशिर्वाद थाप्दैमा भ्याइनभ्याई छ ।

अधिकारीले पनि आफ्नो जीत सुनिश्चित भइसकेको बताएका छन् । ‘घरदैलोका क्रममा यहाँका जनताले मप्रति देखाउनुभएको आत्मियता र सद्भावले मेरो जित सुनिश्चित भइसेकेको छ,' अधिकारी भन्छन् ।

हुन पनि चितवनका स्थापित चिकित्सक हुन् डा. अधिकारी । उनी घरदैलोमा पुग्दा मतदाताहरूले आफ्नो स्वास्थ्यका बारेमा जिज्ञासा राख्ने गरेका छन् । 'भोट त तपाईंलाई नै दिने हो । मेरो रिपोर्ट चाहिँ हेरिदिनुहोस् न,' मतदाताको भनाइ उद्धृत गर्दै माओवादीका एक जिल्ला नेताले भने, 'तपाईंले उपचार गरेर स्वस्थ बनाइदिनुभएको छ । भोट त तपाईंलाई नै हो ।'

प्रचण्डका उत्तराधिकारीका रूपमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार डा. अधिकारीसहितको टिमलाई चनौली र आसपास क्षेत्रका पाका मतदाताले आशिर्वाद दिएका छन् । उनीहरूले डा. अधिकारीलाई भनेका छन्, 'हामीले दिएको आशिर्वाद आजसम्म कसैलाई अफाप भएको छैन ।

डाक्टर सापलाई समेत विजयको शुभकामना छ । 'माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित आमसभामा समेत प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस का सभापति शेरबहादुर देउवाको रोहवरमा डाईनामिक युवा डा. भोजराज अधिकारीलाई आफ्नो उत्तराधिकारीको रूपमा प्रस्तुत गरेको भनेपछि अधिकारीलाई थप हौसला मिलेका स्थानीय मतदाताहरू बताउँछन् ।

उम्मेदवार अधिकारीको अभियानमा संलग्न भएका आईटी विज्ञ चिरन्जिबी अधिकारीले चितवनलाई मेडिकल हवको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

चितवनको माडीलाई आईटी पार्कको रूपमा विकास गर्न गठबन्धनका उम्मेदवारलाई विजयी गराउन चिरन्जीबीले जोड दिए ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - १३:३९:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology