Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु

दैनिकी न्यूज

२८, कार्तिक २०७९
पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु
images

सिरहा । मिर्चैया नगरपालिका–१० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको आइतबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही भट्टामा काम गर्ने भारत पुरनिया थाना खरानचिहत-२७ बस्ने खुशिद आलमको छोराहरू १२ वर्षीय अलि हसन तथा १० वर्षीय नबि हसन र भारत अरहरीया थाना जोगबनी मिरगंज–२२ बस्ने नन्दलाल दासको छोरा १० वर्षीय नितेश कुमार दास रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर अलिहसन र नबि हसनको घटनास्थलमै मृत्यु भएको थियो भने नितेश कुमारको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - १३:३३:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology