Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मध्यरातमा एमाले नेता काफ्ले माथि आक्रमण

मध्यरातमा एमाले नेता काफ्ले माथि आक्रमण

दैनिकी न्यूज

२८, कार्तिक २०७९
मध्यरातमा एमाले नेता काफ्ले माथि आक्रमण
images

गोरखा । प्रतिनिधिसभा गोरखा–२ मा चुनाव प्रचारमा हिडेका एमाले नेता कार्यकर्ता माथि एमालेकै युवा संगठन युवा संघ नेपालका नेता कार्यकर्ताले कुटपिट गरेका छन् । पालुङटार नगरपालिका–७, च्याङ्ली स्थित म्याङगो रिसोर्टमा गएराती युवासंघ नेपाल भानु गाउँपालिकाका अध्यक्ष चिजबहादुर लामा समूहमा रहेका युवाहरुले चुनाव प्रचारमा हिडेको आफ्नौ पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरि काफ्लेका टाउकोमा बियरको बोतलले हानेर गम्भीर घाइते बनाएका हुन् ।

‘भानुका युवा संघका अध्यक्ष चिजबहादुर लामा सहित राम सापकोटा, अन्जन पन्त लगायतका युवाहरु दिउँसोदेखि नै रक्सी खाएर बसेका थिए, प्रहरी स्रोतले भन्यो, त्यहीँ खाना खान चुनाव प्रचारमा हिडेका काफ्ले सहितको टोली रिर्सोटमा पुगेको रहेछ, सोही क्रममा भनाभन हुदाँ लामाको समुहले एक्कासी काफ्ले माथि बियरको बोतलले हानेका रहेछन् । चुनाव प्रचार–प्रसारबाट फर्केका अब्दुस मियाँ, हरि काफ्ले बसन्त श्रेष्ठ सहित ४ जनाको टोली खाना खान रिर्सोटमा पुगेको थिए ।

घटनामा संलग्न राम सापकोटा र अन्जन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो । घाइते काफ्लेको तनहुँको डुम्रेमा रहेको स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । काफ्लेको टाउकोमा ७ टाँका लगाइएको छ । पिडित काफ्लको अनुसार आफुले खाना खाईरहेको बेला एक्कासी आक्रमण भएको भन्दै उनीहरुलाई आफुले नचिन्ने बताउनुभयो ।

‘पाउरोटी भण्डारमा कार्यक्रम सकेर होटलमा खाना खाने क्रममा एक्कासी आक्रमण गरे’ उहाँले भन्नुभयो, ‘उनीहरु को हुन म चिन्दिन ।’ काफ्लेले आफ्नो टाउकाको गम्भीर चोट भएका कारण थप उपचारका लागि काठमाण्डौ जान लागेको बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - ११:४७:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology