Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

२६, कार्तिक २०७९
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

२०७९ कार्तिक २६ गते  (शनिबार)

दिउँसो:  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १,बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र  हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।

राती: :  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको  संभावना रहेको छ।

२०७९ कार्तिक २७ गते  (आईतबार)

दिउँसो:  प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही  प्रदेश नॐम १ को पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको  संभावना रहेको छ।

राती:  सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  कर्णाली र सुदूरपश्चिम  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।

२०७९ कार्तिक २८ गते  (सोमबार)

दिउँसो:  देशको पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि संभावना रहेको छ।

राती:  सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  कर्णाली र सुदूरपश्चिम  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश नं १,बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र  हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला । साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोला।

images
प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - ०७:२५:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology