Logo

आइतवार, आश्विन २५ गते २०८३

images

वसन्तपुर डबलीमा आज राप्रपाको चुनावी सभा

वसन्तपुर डबलीमा आज राप्रपाको चुनावी सभा

दैनिकी न्यूज

२५, कार्तिक २०७९
वसन्तपुर डबलीमा आज राप्रपाको चुनावी सभा
images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा गर्दैछ ।

दिउँसो १ बजे हुने सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, डा।प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ । सभामा अभिनेतृ मनिषा कोइरालाले समेत सम्बोधन गर्ने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

मंसिर ४ हुन लागेको निर्वाचनमा राप्रपाले प्रतिनिधिसभातर्फ १३ र प्रदेश सभाका लागि ३० उम्मेदवार उठाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ०९:३२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology