Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

२४, कार्तिक २०७९
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
images

झापा । आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूबीचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - १३:५१:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology