Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मतदाता भेटघाटमा गठबन्धनका उम्मेदवारः गाउँ बस्तिमा भव्य स्वागत, सत्कार र शुभकामना

मतदाता भेटघाटमा गठबन्धनका उम्मेदवारः गाउँ बस्तिमा भव्य स्वागत, सत्कार र शुभकामना

दैनिकी न्यूज

२४, कार्तिक २०७९
मतदाता भेटघाटमा गठबन्धनका उम्मेदवारः गाउँ बस्तिमा भव्य स्वागत, सत्कार र शुभकामना
images

चौतारा । चुनावको मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नं १ का वाम(लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले मतदाता भेटघाटलाई तीव्रता दिएका छन्। आफ्नो घर आँगनमा आएका प्रीय उम्मेदवारहरूलाई दल आबद्ध नेता(कार्यकर्ता र आम सर्वसाधारणले भव्य स्वागत, सत्कार गर्दै जितका लागि शुभकामना दिएका छन्।
क्षेत्र नं १ को प्रतिनिधिसभातर्फका साझा उम्मेदवार माधव सापकोटा ुसुबोधु र क्षेत्र नं १ को प्रदेश सभा १ तर्फका साझा उम्मेदवार मसिना खड्का भण्डारी बुधबार लिसंखुपाखर गाउँपालिकाभित्रका मुडे, निगाले, सिलढुंगा, जेठल, बर्ना, बन्धन, पेड्कुपाखरलगायतका स्थानमा मतदाता भेटघाट र कोँणसभामा सहभागी भए।
मतदाताले आफूले खोजेका र रोजेका उम्मेदवाहरूलाई आफ्नै आँगनमा, बाटोमा रोकेर तथा कोण सभाहरूमा सयपत्री फूलको मालाले गला भरिदिँदा हर्षले उम्मेदवारहरूको गह भरिएका थिए।
मतदाताले शुभकामनासँगै आफ्ना कुरा सुनाउँदा उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता सुनाएका थिए। प्रतिनिधिसभाका साझा उम्मेदवार सुबोध मतदातालाई आफूले पाँच वर्ष साझा प्रतिनिधिका रूपमा सबैलाई समेटेर काम गर्ने बताइरहेका थिए। उनले सभामुख अग्नि सापकोटा र नेता मोहन बस्नेतले सुरु गरेका काम पूरा गर्नु आफ्नो पहिलो दायित्व हुने स्पष्ट पारे। गठबन्धनले आफूलाई गोलाकार भित्रको हँसिया हथौडा चिह्न प्रदान गरेकोले मतदान गर्न उनको अपिल थियो।
प्रदेश सभा १ का उम्मेदवार मसिना खड्काले आफूले महिलालगायत पछि पारिएको वर्गका लागि काम गर्ने स्पष्ट गरिन्। जिल्ला र पालिका तहका कांग्रेस, माओवादी, समाजवादीका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा कलाकारहरू चेतन सापकोटा र सुरविर पण्डितले आ आफ्नो प्रस्तुतीबाट गठबन्धनका उम्मेदवारलाई मत मागे।
यता मतदाता भेटघाट र घरदैलो गरिरहेका क्षेत्र नं १ को प्रदेशसभा २ का उम्मेदवार सरल सहयात्री पौडेल र प्रदेशसभामा माओवादीका समानुपातिक उम्मेदवार अमृता नेपाल प्रभालाई बलेफी गाउँपालिकाको कोठे, पुरानो गाउँ, चिम्लिङ, पहरी गाउँ, टोप्का, लामोसाँघुलगायतका क्षेत्रमा मतदाताले भव्य स्वागत एवं सत्कार गरेका छन्। सहयात्री, प्रभासँगै मतदाता भेटघाट कार्यक्रममा कांग्रेस, माओवादी र समाजवादीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।
कोँणसभामा उम्मेदवार सहयात्रीले साझा प्रतिनिधि भएर जनतासँगै योजनाबद्ध तरिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कांग्रेस नेता केदार क्षेत्रीले बलेफी गाउँपालिकाबाट गठबन्धनका उम्मेदवारहरूलाई अधिक मत झार्ने गरी लाग्न नेता कार्यकातालाई अपिल गरे।

 

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - १०:२२:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology