Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बल्ल घट्यो खाद्यान्न आयात

बल्ल घट्यो खाद्यान्न आयात

दैनिकी न्यूज

२४, कार्तिक २०७९
बल्ल घट्यो खाद्यान्न आयात
images

काठमाडौं । प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नौ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपियाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा १७ अर्ब ७० करोड ८४ लाख ५२ हजार रुपियाँको ४६ करोड ४९ लाख छ हजार केजी खाद्यान्न आयात गरेको थियो ।

चालू आर्थिक वर्षको सो अवधिमा कुल वस्तु आयातमा १६ दशमलव २० प्रतिशतले कमी आएको छ । समग्र वस्तुको आयात घट्दा खाद्यान्न आयातमा उल्लेख कमी आएको हो । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - ०७:३१:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology