Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

दैनिकी न्यूज

२१, कार्तिक २०७९
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस
images

काठमाडौँ । नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।


आइतवार राति १० बजेर १८ मिनेटमा प्रदेश १ का पहाडी तथा तराईका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको हो।


भूकम्पको धक्का खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङसहितका जिल्लामा पनि महसुस भएको छ।

यूरोपीय–भूमध्यसागरीय भूकम्प मापन केन्द्रले यो भूकम्पलाई ४.४ म्याग्निच्यूडको भनेको छ।

यो भूकम्प भारतको दार्जीलिङबाट ९० किलोमिटर उत्तर पश्चिम नेपालतर्फ केन्द्रबिन्दु बनाएर पृथ्वीको १० किलोमिट भित्री सतहमा गएको उक्त केन्द्रले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - ०७:०२:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology