Logo

आइतवार, आश्विन २५ गते २०८३

images

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

दैनिकी न्यूज

२१, कार्तिक २०७९
दुई वर्षपछि नेपाल आयल निगम नाफामा
images

काठमाडौं । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।

विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपियाँ नाफा भएको थियो । कात्तिक १५ गते ९नोभेम्बर १०मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दिनको अवधि ९नोभेम्बर १ देखि १५ सम्म०मा घटेर १८ करोड रुपियाँमा पुग्ने अनुमान छ । नाफा हुँदा पनि बजारमा मूल्य नघटाउँदा उपभोक्ताले गुनासो गर्ने गरेका छन् । गत अगस्त १६ ९साउन ३१ देखि असोज १५ गते० अक्टोबर १ सम्म इन्धनको मूल्य घटेर आएको थियो । तीन पटक मूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएन । मूल्य घटेर आए पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम नाफामा गएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - ०६:३०:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology