Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ललितपुरमा १ सय २२ जनाले गरे नमुना मतदान

ललितपुरमा १ सय २२ जनाले गरे नमुना मतदान

दैनिकी न्यूज

१९, कार्तिक २०७९
ललितपुरमा १ सय २२ जनाले गरे नमुना मतदान
images

ललितपु । जिल्ला निर्वाचन कार्यालयले ललितपुरले पुल्चोकमा गरेको नमुना मतदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं। ३ पुल्चोकस्थित मदनस्मारक मा. वि. मा दिउसो १ बजेबाट सुरु भएको नमुना मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो । नमुना मतदानमा ४८ जना पुरुष र ७४ जना महिला गरी १२२ जना सहभागीले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख धमलाका अनुसार मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो।

ललितपुरका ६ वटै स्थानीय तहमा नमुना मतदान कार्यक्रम गर्ने प्रमुख धमलाले जानकारी गराए ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन कार्यालयले सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

ललितपुर महानगरपालिकाबाट सुरु भएको यो कार्यक्रम कार्तिक २० गते आइतबार गोदावरी नगरपालिकाको वडा नं। ११ मा हुने छ । जिल्लाका अन्य ४ वटा स्थानीय तहमा भने कार्तिक २७ गते पछाडि मात्रै सञ्चालन हुने धमलाले वताए ।

एक जनाले चार मतपत्रमा मतदान गर्नुपर्ने उक्त कार्यक्रममा १२२ जनाले मतदान गर्दा चार सय ८८ मत खसेको थियो । नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख धमलाको भनाइ छ ।

नमूना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ ।

निर्वाचनमा बदर मतको संख्या घटाउन मतदाता शिक्षा सञ्चालनको पनि तयारी भएको छ । समुदाय स्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

आयोगले आगामी मंसिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने छन् ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - ०६:३०:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology