Logo

आइतवार, आश्विन २५ गते २०८३

images

गोरखा–२ का राप्रपा उम्मेदवार नै माओवादी केन्द्रमा प्रवेश

गोरखा–२ का राप्रपा उम्मेदवार नै माओवादी केन्द्रमा प्रवेश

दैनिकी न्यूज

१८, कार्तिक २०७९
गोरखा–२ का राप्रपा उम्मेदवार नै माओवादी केन्द्रमा प्रवेश
images

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका गोरखा क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का उम्मेदवार इन्जिनियर सुबोध बस्नेत नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा बस्नेतलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । आफ्नो उम्मेदवारी निष्क्रिय बनाई बस्नेत माओवादी प्रवेश गरेका हुन् ।

देशको राजनीतिक निकास वाम लोकतान्त्रिकले दिने भन्दै राप्रपा उम्मेदवार बस्नेत माओवादी प्रवेश गरेका हुन् ।

‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु सम्पूर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो। म आजैका दिन देखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु ’ उनले भने ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १४:३४:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology