काठमाडौं । आज (शुक्रबार) सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।