Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नक्कली करारनामा बनाई साढे ४ करोड ठगी गर्ने पक्राउ

नक्कली करारनामा बनाई साढे ४ करोड ठगी गर्ने पक्राउ

दैनिकी न्यूज

१८, कार्तिक २०७९
नक्कली करारनामा बनाई साढे ४ करोड ठगी गर्ने पक्राउ
images

काठमाडौँ । नेपाल प्रहरीले नक्कली करारनामा बनाइ रु चार करोड ५० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली करारनामा बनाइ रु चार करोड ५० लाख ठगी गर्ने पर्सा वीरगन्ज महानगरपालिका–१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

अन्सारीले काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाइ ठगी गरेकाले पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अन्सारीले उक्त करारनामा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँ र कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गराई होटलमा लगानी गर्नका लागि भन्दै पटकपटक गरी रकम लिएर ठगी गरेकोले वीरगन्जबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको सो कार्यालयले जनाएको छ। रासस

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - ०७:२५:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology