Logo

आइतवार, आश्विन २५ गते २०८३

images

एमबीबीएस पास नगरेका विद्यार्थीले अन्य विषय पढ्न पाउने !

एमबीबीएस पास नगरेका विद्यार्थीले अन्य विषय पढ्न पाउने !

दैनिकी न्यूज

१६, कार्तिक २०७९
एमबीबीएस पास नगरेका विद्यार्थीले अन्य विषय पढ्न पाउने !
images

काठमाडौं । छ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने ‘लाइसेन्स’ परीक्षामा विद्यार्थी ९डाक्टर०हरू पटक–पटक असफल हुने गरेका छन्। डाक्टरहरू धेरै पटक असफल हुनथालेपछि नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण तर लाइसेन्स ९नाम दर्ता प्रमाणपत्र० परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी उनीहरूलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ।

हाल एमबीबीएस पास गरेका विद्यार्थीले लाइसेन्स परीक्षा पास नगरी अन्य कुनै सङ्कायमा थप अध्ययन गर्न पाउँदैनन्। जसले गर्दा उनीहरूको जीवन लाइसेन्स परीक्षा दिँदादिँदै बित्ने गरेको छ। काउन्सिलका अनुसार उनीहरूले बिरामी जाँच्न पाउँदैनन्। एमबीबीएस तथा बीडीएस पास गरेका डाक्टरलाई बिरामी जाँच्नबाहेक अन्य पेसा अपनाउन काउन्सिलले बाटो खोलिदिन लागेको हो।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा।डा। भगवान कोइरालाले एमबीबीएस पास गरेका विद्यार्थीलाई अन्य विषय अध्ययन गर्दा पनि अनिवार्य लाइसेन्स परीक्षा पास गर्नुपर्ने हालको व्यवस्थालाई हटाउन खोजिएको बताए । उनले एमबीबीएस उत्तीर्ण गरेकाले डिग्री लिएको भन्दै उनीहरूले लाइसेन्स परीक्षा पास नगरेको अवस्थामा भने बिरामी जाँच्न नपाउने बताए । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - ०६:५४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology