काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दामा आजदेखि थुनछेक बहस हुँदै छ।
बालिका बलात्कार अभियोगमा लामिछानेविरुद्ध आरोप पुष्टि हुने प्रमाण देखिएको दाबीसहित सोमबार जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध मुद्दा दर्ता गराएको हो।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन र प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो।
अदालतमा अभियोग पत्र पुगेसँगै सन्दीपलाई सोमबार जिल्ला अदालतमा उपस्थितसमेत गराइएको छ।