Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काम एउटै कर्मचारी थरीथरी

काम एउटै कर्मचारी थरीथरी

दैनिकी न्यूज

१५, कार्तिक २०७९
काम एउटै कर्मचारी थरीथरी
images

काठमाडौं । स्थानीय तहमा एउटै प्रकृतिको कामका लागि पाँच प्रकृतिका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने गरेको छ । स्थानीय तहमा एकै प्रकृतिका एउटै कार्यकक्षमा एउटै टेबुल वरिपरि बसेर काम गर्ने कर्मचारीबीच सेवासुविधामा विभेद हुँदा त्यसको असर प्रत्यक्ष रूपमा सेवा प्रवाहमा परेको छ ।

स्थानीय तहमा सङ्घीय निजामती सेवाका कर्मचारी, प्रदेश सेवाका कर्मचारी, स्थानीय सेवा, विभिन्न परियोजना र करार सेवाका कर्मचारी कार्यरत छन् ।

कर्मचारीले प्रदान गर्ने सेवा र तह एउटै भएको तर सेवासुविधा फरक–फरक भएकाले कर्मचारीबीच काममा उत्प्रेरणा नहुँदा त्यसको असर सेवा प्रवाहमा पर्ने गरेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका सल्लाहकार इन्द्रप्रसाद अधिकारीले भने, “एउटै उद्देश्य प्राप्तिका लागि काम समानन्तर सेवासुविधा फरक–फरक छ । सेवासुविधामा फरक हुँदा कर्मचारीमा सेवा प्रवाहमा जोश र जाँगर नभएको, कामप्रति निराशा पैदा भएको त्यसको असर सेवा प्रवाह र विकास निर्माणमा पर्ने गरेको छ ।”

उनले कर्मचारीबीच कामका लागि उत्प्रेरणा र हौसला नभएसम्म सेवा प्रवाह र काममा गुणस्तर आउन नसक्ने भएकाले अहिले सबै स्थानीय तहमा त्यस्तै समस्या सिर्जना भएको बताए ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - ०७:०२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology