Logo

आइतवार, आश्विन २५ गते २०८३

images

म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो

म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो

दैनिकी न्यूज

१३, कार्तिक २०७९
म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो
images

बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।
मालिका गाउँपालिका–३,इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले चामल वितरण गरेकी स्थानीयवासीले बताएका छन् ।
२५ किलोग्राम तौल भएको कमल ब्राण्डको युएस प्रिमियम चामल १८ बोरा पठाएकोमा १० बोरा स्थानीयलाई वितरण गरेको र आठ बोरा चामल शनिबार फिर्ता गरेका हुन् । स्थानीयवासीका अनुसार तिहार अघि इग्रेमा गएकी बिटालुले मतदातालाई भेटघाट गरेर फर्केपछि दरवाङका ब्यापारीको बोलेरो गाडीमा चामल पठाइदिएकी थिईन् ।
चामल वितरण गर्ने जिम्मा पाएका स्थानीयवासी र एमाले नेता बिटाल बिचको कुराकानी भिडियो सम्बाद सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सी लगायत कुनै पनि बस्तु वितरण गर्न पाइदैन् । मतदाता प्रभावित बनाउन खोज्ने उम्मेद्वार र दललाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्ने देखि उम्मेद्वारी खारेज गर्ने सम्मको कारबाही व्यवस्था छ ।
“मिटिङ्ग बसेको मिति ठ्याक्कै थाहा भएन । बेगप्रसाद गर्बुजा र खरमाया बिटालु आउनुभएको थियो । मिटिङ्ग बसेर गएपछि खरमाया म्याडमले १८ बोरा चामल पठाइदिनुभएको थियो । एमालेलाई भोट हाल्ने कुरा भयो । एमालेलाई भोट हाल्चुङ भनेर नौ बोरा चामल लगेका छन् । एक पिस यहीँ मसँग छ्,“ स्थानीयवासीले भनेका छन् ।
एमालेको गाउँपालिका अध्यक्ष रहेका गर्बुजा निर्वाचित मालिका गाउँपालिका अध्यक्ष पनि हुन् । बिटालु मालिका गाउँपालिकको पुर्व उपाध्यक्ष हुन् । स्थानीयबासी र एमाले नेता बिटालुबिच चामल वितरणको विषयमा मोवाइलमा भएको सम्वाद वाहिरिएको छ ।
खरमाया– हजुर दाई नमस्कार ।
स्थानीयवासी–उके बहिनी । आठ पिस चामल मैले फर्काइदिएको छु है । वेदप्रसादको बोलेरोमा ।
खरमाया – बढी भयो र ?
स्थानीयवासी – हजुर ।
खरमाया – ए । ल । कति लग्नु भएको थियो ?
स्थानीयवासी – बढी भएको फर्केको म्याडम ।
खरमाया – कति पिस लगेको हो र ?
स्थानीयवासी – अठार पिस हो ?
खरमाया – किन ? थिएनन अरु ? त्यही तपाइले राख्या भए हुन्थ्यो नी ? पछि बाड्न हुन्थ्योनी ?
स्थानीयवासी – हजुर हुन्थ्यो करे । फेरी बढी भयो ।
खरमाया – ए हो ? पछि चाहियो भने फेरी सम्पर्क गर्नुहोस है त ।
स्थानीयवासी – ल ल हुन्छ ।
खरमाया – अरु के छ ?
स्थानीयबासी – ठिकै छ ।
खरमाया – केही त्यस्तो कम्पेलेनहरु त आएको छैनननी ? कसैले केही भनेका छैनन् नी ? लल ल ।

 

images
प्रकाशित मिति :कार्तिक १३, २०७९ आइतवार - ०९:५०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology