Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको धापाखेलबाट ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको धापाखेलबाट ६ जना पक्राउ

दैनिकी न्यूज

१२, कार्तिक २०७९
जुवातास खेलिरहेको अवस्थामा ललितपुरको धापाखेलबाट ६ जना पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेल बस्ने होम कुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लावती नेपाली सेनाका पूर्व दुई तारे जर्नेल हुन् ।

प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३ सय २० रूपैयाँ, रातो रङको क्वाईन २३ थान, तास, कालो रङको क्वाईन २२ थान, सेतो क्वाईन १८ थान र ३ वटा गाडी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७९ शनिवार - २०:१३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology