Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

दैनिकी न्यूज

११, कार्तिक २०७९
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
images

काठमाडौं । नागार्जुन नगरपालिका वडा नं. ७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रा.लि. भित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका वडा नं. ८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्ट समेत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८२ हजार ५ सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७९ शुक्रवार - १९:४०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology