काठमाडौं । गोरखा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष खिलबहादुर राना मगर को निधन भएको छ।
घरमै बसिरहेको वेला बिहीबार दिउँसो लडेर बेहोस भएका उनलाई गोरखा अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याउँदा साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोष्णा गरेका हुन्।
वडाध्यक्ष रानामगर गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।